logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी, रिलिज गर्न अनुरोध

स्टिम न्युज वि.सं १० भाद्र २०७७, बुधबार ०७:३३
बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी, रिलिज गर्न अनुरोध

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याप नोउ छाड्ने औचापरिक निर्णय लिँदै आफ्नो सरुवाका लागि सनसनीपूर्ण अनुरोध गरेका छन् ।

मंगलबार साँझ फ्याक्स गर्दै मेस्सीले क्लबसँग सम्झौतामा  हेरफेर गर्न चाहेको जनाउँदै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

उनले अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसँग ८–२ गोलान्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए । ३३ वर्षीय मेस्सी र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ ।

उनले आफूलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् । मेस्सीले आफ्नो २० वर्षको बार्सिलोनाको करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।

सर्वाधिक ६ पटकका बालोन डी‘ओरका विजेता खेलाडी मेस्सीले फेरि पनि बार्सिलोना छोड्ने आफ्नो अडान दोहो¥याएका हुन् । उनको सम्झौतामा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्धअनुसार मेस्सीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नुपर्ने शर्त रहेको मान्छ । मेस्सीको औपचारिक निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्ने भएको छ ।

मेस्सीको पछिल्लो अवस्थाबारे इंग्लिस म्यान्चेस्टर सिटीले अनुगमन गरिरहेको छ । त्यसबाहेक इटालियन क्लब इन्टर मिलान र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समेत मेस्सी अनुबन्धनमा निकै इच्छुक छ ।



Loading...
loading...

Top