चिकित्साशिक्षा विधेयकमाथि छलफल हुँदै, पुरा हुन्छ त केसीको माग ?

0
केसीको माग,चिकित्सा शिक्षासम्बन्धी,संसद बैठक
Advertisement

चिकित्साशिक्षा विधेयकमाथि छलफल हुँदै, पुरा हुन्छ त केसीको माग ?

काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्साशिक्षा विधेयकका बारेमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथी आज पनि छलफल हुने भएको छ । गत सोमबार बसेको बैठक समितिका सदस्य एवम् कांग्रेस नेता गगनकुमार थापाले उपसमितिको प्रतिवेदनमा राखेको फरक मतमा केन्द्रित भएको थियो ।

विधेयकलाई सहमतिमा टुंग्याउन थप गृहकार्य आवश्यक भएको भन्दै समितिको बैठक आज फेरी बस्नेगरी टुंग्याइएको थियो । बैठक विहान साढे १० बजे बस्ने तय गरिएको छ । लामो समय समितिअन्तर्गतको उपसमितिमा सहमतिका लागि छलफल भएपनि गत आइतबार मतविभाजनको प्रक्रिया अपनाई बहुमतका आधारमा प्रतिवेदन पारित गरी समितिसमक्ष प्रस्तुत गरिएको थियो ।

सोक्रममा सत्तापक्षीय सांसदहरूले उपत्यकाबाहिर मेडिकल कलेजको सम्बन्धनलगायत विषयमा चिकित्साशिक्षा अभियन्ता डा. गोविन्द केसीसित सरकारले गरेको सम्झौता विपरीतको अडान कायम राखेर बहुमतको बलमा प्रतिवेदन पास गर्न खोजेपछि सांसद थापाले फरक मत राख्नु भएको हो ।

उहाँको फरक मतलाई प्रतिवेदनमा फरक मतकै रूपमा राखी समितिसमक्ष प्रस्तुत गरिएको छ । उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सोमबार १० भन्दा बढी सांसदले आफ्नो धारणा राखेका थिए ।

यस्तै, डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत चिकित्साशिक्षा विद्येयक हुबहु पारित गर्ने माग राख्दै आउनु भएको छ ।

Facebook Comments