logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

यी स्थानमा हुनसक्छन् हावाहुरी र वर्षा, मौसम पूर्वानुमान महाशाखाको यस्तो छ अनुमान

वि.सं ३१ जेष्ठ २०७६, शुक्रबार १०:०९
Blog single photo

यी स्थानमा हुनसक्छन् हावाहुरी र वर्षा, मौसम पूर्वानुमान महाशाखाको यस्तो छ अनुमान

काठमाडौं- देशका अधिकाशं स्थानमा शुक्रबार वर्षा हुनसक्ने पूर्वानुमान गरिएको  छ ।

मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पुर्वी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

मध्य र पश्चिमी भूभागका एक–दुई स्थानमा समेत मेघ गर्जन तथा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, देशको मध्य पहाडी भूभागमा पनि आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं आसपासका क्षेत्रमा मेघगर्जन/हावाहुरी सहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

अहिले काठमाडौं आसपासका क्षेत्रहरुमा विकसित हुदै गरेको प्रणालीका कारण केहि स्थानहरुमा मेघगर्जन/हावाहुरी सहित वर्षा गराउने वादल विकसित भैरहेको महासाखाले जनाएको छ ।

Top