logo
  • Tuesday, January 28, 2020
  • वि.सं १४ माघ २०७६, मंगलवार

मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यहाँबाट हेर्नुहोस

स्टिम न्युज वि.सं ६ मंसिर २०७६, शुक्रबार १३:५४
मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन ? यहाँबाट हेर्नुहोस

मतदाता नामावलीमा तपाइको नाम समाबेश छ कि छैन भनेर जानकारी छैन भने अब घरमै बसी बसी त्यसको बिबरण हेर्न सकिनेछ। निर्वाचन आयोगको वेवसाइट मार्फत तपाइले आफ्नो नाम दर्ता भए नभएको हेर्न सक्नुहुनेछ ।

कसरी हेर्ने? 

१. तल दिएको यहाँ क्लिक गर्नुहोस मा क्लिक गर्नुहोस ।

यहाँ क्लिक गर्नुहोस

२. लिंकमा क्लिक गरेपछि तल दिइएको साइट खुल्छ ।

३. खुलेको  साइट मा आफ्नो बिबरण भर्नुहोस् ।
*प्रदेश:- तपाइको स्थायी ठेगाना भएको प्रदेश, तपाइको जिल्ला, गाउपालिका वा नगरपालिका, वडा नम्बर र नजिकको मतदान केन्द्र छानेर submit बटममा क्लिक गर्नुहोस।

४. अब तलको जस्तै तपाइले तपाईंले छानेको क्षेत्रको  नामावली आउछ ।

५. अब तपाइले तपाईंको आफ्नो नामको पहिलो अक्षर जुन साइटको माथी देखाएको छ  त्यसबाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ ।

६. आफ्नो बिबरण सहि छ कि छैन भनेर हेर्न परेमा तपाइको नामको छेउमा निलो बक्स भित्र लेखिएको मतदाता बिबरणमा क्लिक गर्नुहोस । तलको जस्तो पेज खुल्छ ।

७. माथीको पेजमा तपाइको जन्ममिती वा नागरिकता नम्बर(दुई मध्य एक भर्दा हुन्छ)  भर्नुहोस् ।  त्यसपछि copy captcha मा नागरिकता प्रमाणपतत्र को बक्स मुनि लेखिएको कुरा जस्ताको त्यस्तै भर्नुहोस्  र साबमिट बटममा क्लिक गर्नुहोस ।

८. तपाइको विवरण हेर्नुहोस र केहि सच्याउनु पर्ने भए नजिकको निर्वाचन आयोगको कार्यालयमा गएर सच्याईहाल्नुहोस ।

९ . नामावलीमा आफ्नो नाम नभेटिए आजै निर्वाचन आयोगमा गएर नाम दर्ता गराउनुहोला ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com