logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

नेपाली चलचित्र ‘मारुनी’ र साउथ इण्डियन चलचित्र ‘साहो’ आजबाट प्रदर्शनमा

स्टिम न्युज वि.सं १३ भाद्र २०७६, शुक्रबार ०९:४८
Blog single photo

काठमाडौं। नेपाली चलचित्र ‘मारुनी’ नेपालका सबै चलचित्र शुक्रबारबाट हलहरुमा प्रदर्शनमा आएको छ । नवल नेपालद्वारा निर्देशित ‘मारुनी’लाई पुनम ईन्टरटेन्मेन्टको प्रस्तुतीमा पूनम पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा प्रस्तुत छन् । साथमा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर शेढाइँ, बिनोद भट्टराई, सुशील क्षेत्री लगायतको अभिनय छ। गोविन्द फुयाँल र नवल नेपालले मिलेर लेखेको चलचित्रले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

आजैको दिनदेखि साउथ इण्डियन चलचित्र ‘साहो’ पनि नेपालका चलचित्र हलहरुमा प्रदर्शनमा आउने भएको छ । यसले मारूनीलाई केहि असर पुग्ने अनुमान गरिएको छ । किनकी मल्टीप्लेक्स हलमा ‘मारुनी’ लाई अत्यन्त न्यून ‘शाे’ दिईएको छ । ‘साहो’ ले भने अहिलेसम्मकै सर्वाधिक ‘शाे’ पाएको छ । साउथ सुपरस्टार प्रभासको अभिनय रहेकाे ‘साहो’ नेपाललीका लागि पनि निकै प्रतिक्षित चलचित्र हो । तर माउथ पब्लिसिटि राम्रो भए मारुनीको व्यापार पनि राम्रो हुनसक्छ ।




Top