रोस्ट्रममै सत्तापक्ष सांसदको एक मिनेट मौनधारण, भने: मन्त्रीको योग्यता देखेर दया लाग्यो

मन्त्रीको योग्यता
Advertisement

रोस्ट्रममै सत्तापक्ष सांसदको एक मिनेट मौनधारण, भने: मन्त्रीको योग्यता देखेर दया लाग्यो

काठमाडौं । नेकपा सांसद झपट कुमार रावलले बजेटको सन्दर्भमा मन्त्रीको योग्यता देखेर दया लागेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्ने समय पाएपछि रोस्ट्रममा पुगेका उनी सभामुखलाई सम्बोधन गरेपछि घडी हेरेर एक मिनेटसम्म मौन बसे ।

सभामुखको आसनमा बसेकी राधा ज्ञवालीले पटक पटक आफ्नो भनाई राख्न आग्रह उनलाई आग्रह गरेकी थिइन् ।

जवाफमा रावलले बजेटमा केही पनि नरहेकोले आफ्नो पनि बोल्नु केही नरहेको बताउदै एक मिनेट मौन बसेका थिए ।

एक मिनेटपछी उनले ‘मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ’ भन्ने कविताका हरफहरुबाट आफ्नो भनाई सुरु गरे ।

अगाडी बोल्दै उनले बजेट आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत एवं नेता केन्द्रीत हुँदा विभेदकारी रहेको आरोप लगाए ।

बजेटको छलफल हुनुभन्दा पहिले चैत्र महिनामानै आफूले आफ्नो क्षेत्रमा रहेका विपन्न र वादी समुदायहरुको लागि केही बन्दोबस्त गरिदिन मन्त्रालयको ढोका ढकढकाएको बताएका छन् ।

तर त्यसतर्फ शहरी विकास मन्त्रालयले आँखा चिम्लिएको उनले गुनासो गरे ।

सांसद रावलले आफ्नो क्षेत्रमा देशभरीकै सबैभन्दा विपन्न पुनर्स्थापित वादी समुदायहरुको बसोबास रहेको बताए ।

त्यस्तै नेपालभरीको सबैभन्दा धेरै मुक्त कमैयाहरुको बसोबास पनि आफ्नो क्षेत्रमा नै रहेको दाबी समेत गरे ।

तर ती वादी समुदाय र मुक्त कमैयाहरुलाई लक्षित गरि कुनैपनि ठोस कार्यक्रम बजेटमा नआएको भन्दै उनले आलोचना गरे ।

मन्त्रीले आफ्नै क्षेत्रमा एकलौटी बजेट खन्याएको आरोप

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रावलले मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नै बाँकेको निर्वाचन क्षेत्रमा एकलौटी बजेट खन्याएको आरोप लगाए ।

कैलाली र कञ्चनपुरमा केही दिनअघि गएको हावाहुरीले घरबारविहीन बन्न पुगेका,

र वादी समुदायहरुले खुल्ला आकाश मुनी रात विताउन बाध्य भइरहेको उनले बताए ।

तर शहरी विकास कार्यक्रमको बजेटजति भने मन्त्री राईले आफ्नै क्षेत्रमा खन्याएको भन्दै उनको आलोचना गरे ।

सो क्रममा मन्त्री मोहम्मद इश्तियाक राईप्रति लक्षित गर्दै उनले मन्त्रीको योग्यता देखेर दया लागेको बताए ।

मन्त्री राईलाई आफ्नो क्षेत्रमा विकास गरेपछि देशभरी विकास भयो भन्ने भ्रम रहेको भन्दै,

उनले मन्त्रीको योग्यता देखेर आफूलाई दया लागेको बताएका हुन् ।

नेता रावलले जेष्ठ २३ गते साँझ गएको विनाशकारी हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा भएको क्षतिप्रति सक्रियताका साथ राहत र उद्दारको काम अघि बढाउन माग पनि गरेका छन् ।

उनले उपचारका लागि सुविधासम्पन्न अस्पतालको अभावमा ती क्षेत्रका पीडितहरु उपचारको लागि भारत जान बाध्य भएको गुनासो समेत गरेका गरे ।

आफू सत्तापक्षीय सांसद भएकोले धेरै बोल्न नमिल्ने तर यो बजेट घोर विभेदकारी रहेको भन्दै उनले चर्को आलोचना गरेका छन् ।

Facebook Comments