logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

कृषिमन्त्री खनालमा डेंगुको संक्रमण, ग्राण्डीमा उपचार हुँदै

स्टिम न्युज वि.सं १९ भाद्र २०७६, बिहीबार १२:३८
Blog single photo

काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि निदान हस्पिटल पुगेका थिए ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टि भएपछी उनी थप उपचारका लागि बुधबार ग्रान्डी अस्पतालमा भर्ना भएका हुन्।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।

साउन यता मात्रै २५ सय ५९ जनामा डेंगु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।




Top