logo
  • Tuesday, August 4, 2020
  • वि.सं २० श्रावण २०७७, मंगलवार

ए डिभिजन लिग: आज एनआरटी र मनाङ विच खेल हुदै

स्टिम न्युज वि.सं २६ माघ २०७६, आईतवार १२:५६
ए डिभिजन लिग: आज एनआरटी र मनाङ विच खेल हुदै

काठमाडौं: खराब मैदानका शनिबार रद्द भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) को खेल आज हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा रद्द भएको थियो ।

अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङ उपाधि होडबाट लगभग बाहिर छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।

लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ ।

एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटीको शीर्ष ६ मा अट्ने सम्भावना बलियो बन्नेछ ।



Loading...
loading...

Top