logo
  • Tuesday, January 28, 2020
  • वि.सं १४ माघ २०७६, मंगलवार

बन्दभएको १५ महिनापछि मलेसियामा नेपालीका लागि रोजगारी खुल्यो

स्टिम न्युज वि.सं २६ भाद्र २०७६, बिहीबार १७:१७
बन्दभएको १५ महिनापछि मलेसियामा नेपालीका लागि रोजगारी  खुल्यो

काठमाडौं:  विगत १५ महिनादेखि बन्द रहेको मलेसियामा रोजगारीको बाटो खुलेको छ । नेपाल र मलेसियाका अधिकारीबीच तीन दिन लामो बैठकपछि मलेसिया रोजगार खुल्ला गर्ने सहमति भएको हो ।

मलेसिया स्थित पुत्राजयमा भएको दुई देश बिचको प्राविधिक कमिटिको बैठकपछि मलेसिया रोजगारी खुलाउने निर्णय गरेको हो । निर्णय अनुसार आउँदो आइतबारबाटै नेपाली कामदारले रोजगारीको लागि मलेसिया जान पाउनेछन् ।

नयाँ कामदार मलेसिया लाने तयारी बुझ्न एक विशेष टोली नोभेम्बरको पहिलो साता काठमाडौं आउने छ।

टोलीले स्वास्थ्य परीक्षणका लागि स्वीकृत भएका २२ संस्थानको अनुगमन गरेपछि मात्र बायोम्याटिक सफ्टवेयर जडान हुनेछ। त्यसपछि नयाँ कामदार मलेसिया जाने प्रक्रिया सुरु हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णयअनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो । रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्यधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए ।

मलेसिया रोजगारी बन्द भएपछी नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन् । अब भने श्रम सम्झौतामा नै उल्लेख गरे अनुसार शून्य लागतमै कामदार मलेसिया जान सक्नेछन्  ।

 



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com