लोक सेवाको विज्ञापन रोक्न दिएको निर्देशनको विरोधमा माइतीघरमा प्रदर्शन

लोक सेवाको विज्ञापन
Advertisement

लोक सेवाको विज्ञापन रोक्न दिएको निर्देशनको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । लोक सेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन विरुद्ध आज माइतीघर मण्डलमा प्रदर्शन भएको छ ।

युवाहरुको एक समूहले लोक सेवाको विज्ञापन रोक्न दिएको निर्देशनको विरोध गर्दै मंगलबार बिहान माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

आन्दोलनकारीहरूले लोकसेवा आयोगको विज्ञापन खारेज गरी सरकारले नियतवश आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरूले  ‘करार भर्ना बन्द गर’ ‘राज्य व्यवस्था समिति मुर्दावाद ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले कर्मचारीको माग गर्दै गरेको विज्ञापन प्रक्रिया रद्ध गर्न निर्देशन दिएको थियो ।

प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएकाहरूको सहभागिता थियो ।

लोक सेवाको विज्ञापन
लोक सेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन विरुद्ध प्रदर्शन गर्दै परीक्षार्थीहरू/ तस्विर: भिम उपाध्यायको फेसबुकबाट

सोमबारसम्म देशभरीबाट करिब ७५ हजार जनाले अनलाइन माध्यमबाट फारम भरिसकेको लोक सेवा स्रोतले जनाएको छ ।

यही जेष्ठ १५ गते आयोगले स्थानीय तहका लागि ९ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो ।

यसैबीच कर्मचारी मागको विज्ञापन समावेशी समानुपातिक सिद्धान्त र संघीयताको मर्मविपरित भएको भन्दै सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई प्रक्रिया रोक्न सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ता विकासकुमार ठाकुरले लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई हिजो रिट दायर गरेका छन् ।

निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गरी रद्द गर्न र समावेशी बनाउन माग गरिएको छ ।

Facebook Comments