महिला सशक्तिकरण…. महिला अधिकारवादी, वास्तविक महिला, अनि पुरूष सोच !!

महिला सशक्तिकरण
Advertisement

महिला सशक्तिकरण…. महिला अधिकारवादी, वास्तविक महिला, अनि पुरूष सोच !!

– मिलन पाठक

अहमदावाद बाट दिल्ली हुँदै नेपाल आउन एयरपोर्टमा चेक इन गर्दै थिएँ । दुइ जना नेपाली महिलाहरु पनि सोहि जहाजमा नेपाल फर्कैद हुनुन्थ्यो । पराइ देशमा नेपाली देखेपछि मनैदेखि आफ्नो लाग्दो रहेछ ।

“आउनुस् संगै चेकिंग गरौं, हजुरहरुको पासपोर्ट पाउँ न, म सबै एकै चोटी चेकिगं गर्छु सिट पनि नजिकै मिलाएर गर्दिन भन्छु।”

उहाँहरुले सहज मान्दै मलाइ पासपोर्ट दिनु भो, हामी चार जना र उहाँहरु दुइ जना गरि ६ जना लगेज चेकिंग सकेर बोर्डिंग पास लिएर जहाज बोर्डिंग गर्न तिर लाग्यौं, दाइहरु आफ्नै गफ गर्दै विस्तारै पछि आउँदै थिए । म र ति दुई दिदी अघि अघि थियौं ।

मैले सोधें “कति कामले आउनु भयो नि गुजरात ?”

-“हामि कार्यक्रममा सहभागी हुन आको”

-“कस्तो कार्यक्रम ?”

-“women empowerment”

-“OK! के हो नि त्यो भनेको ?”

-“ महिला शसक्तिकरण, महिला हरु पनि पुरुष सरह सक्षम हुनुपर्छ भन्ने कुराहरु हो!”

अलि पाको उमेरको दिदीले सजिलो तरिकाले बुझाउन लाग्नु भो ।

“महिलाहरुलाई चुलो चौका मै राख्ने र बच्चा जन्माउने र हुर्काउने काममा मात्र सिमीत गरायो हाम्रो समाजले त्यसैले महिला पनि पुरुष सरह सक्षम छन् । पुरुषले गर्न सक्ने काम महिलाहरुले पनि गर्न सक्छन् भन्ने कुराहरुको ट्रेनिगं दिएर आको भाइ ।”

-“wow! That’s really great! तर केहि कुराहरु हुन्छन् जुन महिलाले मात्र गर्न सक्छन् पुरुषले सक्दैनन्, जस्तै कि प्रजनन, बच्चा जन्माउन त महिलानै हुनु पर्यो नि हैन र ? त्यसैले बौद्विक रुपमा गरिने कामहरुमा महिला पुरुष समान हुन सक्छन् तर शारीरिकमा अलि हुन्नन् ।”

ति अलि पाको दिदी नै बोलिन् -“ हैन भाइ शारीरिकमा पनि महिला के कम छन् भन त ?”

-“ खै! अपवाद बाहेक सबै कमजोर नै देख्छु! भो अब यो बहस यहिं टुंग्याउ है!”

हामि जहाज चढ्यौं, हामि तिन जना पुरुष एउटा ‘रो’ मा र अर्को ‘रो’ मा एक जना दाइ र ति दुइ दिदीहरु पर्नु भयो । दिल्ली आईपुग्यो दिल्ली एयरपोर्टमा हामीले जहाज फेर्नु पर्ने भएकोले लगेज लिएर पुन: अन्तराष्ट्रिय टर्मिनल तिर जानु पर्ने भयो । लगेज कुर्न थाल्यौं ।

दाइहरुलाइ लगेज कुर्न लगाएर मैले एउटा ट्रलि लिएर आएँ, हामि चार जनाको लगेज त्यसैमा हाल्यौं । ति दिदी एक छिन घुमेर म तिर आउनु भयो,

“ए भाइ यो ट्रलि कता बाट लिएर आयौ ? मैले त पाइन नि, उ त्यहाँबाट बाँया लाग्नु भयो भने ट्रलि स्टेसन देख्नु हुन्छ त्यहाँ छ त ।”

-“ लौ न भाइ एउटा ट्रलि ल्याइदेउ न, मैले त ठम्याउनै सकिन यहाँ त, कता हो कता म त अलमल्ल पर्छु भन्या”

हुन्छ भनेर मैले एउटा ट्रलि लिएर आए । दिदीहरुले लगेज, लगेज बेल्ट बाट तानेर भुइँमा झार्नु भएको रहेछ ।

-“यि लिनुस् ट्रली”

-“ लौ न भाइ यो ब्याग यो ट्रलिमा हाल्देउ न, गरुङ्गो रैछ उचाल्नै गाह्रो भो, उता एयरपोर्टमा त एउटा ति को भाइले गर्देको थियो ।”

– “दुइ महिनै बस्ने गरि लगेज लिएर आउनु भाको रैछ, टन्नै बस्नु भो कि क्या हो ?”

– “हैन जम्मा तिन दिन बसेको हो, गुजरातमा सारी सस्तो पर्छ भनेर सबैले एक-एक वटा किन्देको टन्नै भयो वेट ।”

– “ ए ! अलि महिला इम्पावरमेन्टलाइ सपोर्ट गर्ने सम्म किन्नु पर्थ्यो नि त दिदी, अहमदावादको एयरपोर्टमा पनि भाइनै चाहिएछ यता पनि भाइ नै !! अलि बैनीले काम चलाउन सकिने गरि वेट हाल्नु पर्छ क्या दिदी ।”

त्यसपछि उहाँहरुले मेरो बारेमा के सोच्नु भयो थाहा भएन, मैले चै केही कुरा भने पक्कै मन मनै सोचें र मनै बाट भने….. जुन कुरा म यहाँ लेख्न चाहीं सक्दिन ।

-मिलन पाठक

लेखकलाइ फेसबुकमा पनि भेट्न सकिन्छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here