काठमाडौंः भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी (भाजपा) ले सरकार बनाएको छ । शिवसेना–एनसिपी र कांग्रेस गठबन्धन सरकार बनाउन असफल भएपछि आज बिहान भाजपाले नेश्नलिस्ट कांग्रेस पार्टी (एनसिपी)को साथ लिएर सरकार बनाएको हो ।
नयाँ गठबन्धन अनुसार भाजपाका देवेन्द्र फडणाभिस मुख्यमन्त्री बनेका छन भने एनसिपीबाट अजित पवार उप–मुख्यमन्त्री बनेका छन् ।
राज्यपाल भगत सिंह कोशीयारीले उनीहरुलाई राजभवनमा सपथग्रहण गराएका छन् ।
एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो ।
।
महाराष्ट्रको २८८ सिटको विधानसभाका अघिल्लो महिना भएको निर्वाचनमा भाजपाले १०५ सिट जितेको थियो । त्यस्तै एनसीपीले ५४ सिट हासिल गरेको थियो ।
शिव सेनाको हिस्सामा ५६ सिटमा जित हासिल गरेको थियो भने कंग्रेसले ४४ सिटमा जित्यो । चुनावको समयमा भाजपाले शिवसेनासँग गठबन्धन गरेर चुनाव जितेको थियो भने एनसीपी र कंग्रेस अर्को गठबन्धनमा थिए ।
नव गठित सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई दिएका छन् । दुवै नेताले मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरेका छन् ।