logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

लकडाउन हटाउन हतार नगर्न डब्ल्यूएचओकाे चेतावनी

स्टिम न्युज वि.सं २९ चैत्र २०७६, शनिबार ०८:१०
लकडाउन हटाउन हतार नगर्न डब्ल्यूएचओकाे चेतावनी

एजेन्सी विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ।

जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताए।

युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन्।

हाल संसारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ।

ट्रेडोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनु पर्ने बताए । केही यूरोपेली मुलुकहरुमा महामारीको गति केही घटेपनि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताए।

उनले विश्व स्वास्थ संगठनले प्रतिबन्धहरु कम गर्न सरकारहरुसँग मिलेर गरिरहेको जानकारी दिए। ‘तर छिटै ती प्रतिबन्धहरु उठाउँदा घातक पुनरुस्थान हुनसक्छ,’ महानिर्देशक डा. ट्रेडोसके भने।



Loading...
loading...

Top