logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

लकडाउनको ब्यापक उल्लंघन

स्टिम न्युज वि.सं ११ बैशाख २०७७, बिहीबार १२:०९
लकडाउनको ब्यापक उल्लंघन

हेटौडाः लकडाउनको आज ३१औं दिन सम्म नेपालमा ४५ जनालाई कोभिड-१९ पोजेटिभ देखिएको छ जस मध्य ७ जना निको भएर घर फर्किएका छन। ९५ जना आईसोलेसनमा छन।

बागमति प्रदेशको राजधानी हेटौडा नगरपालिकामा केहि हप्ता अघि देखि अत्यावस्यक सामाग्री किनमेल गर्नलाई बिहान ६ देखि ९ सम्मलाई खुल्ला गरिएको छ। दैनिक बिहान ३ घण्टा खाधान्न, मासु तथा तरकारी पसलहरु खुल्छ भने औषधि पसल भने दिनभरी खुल्छ।

बिहान ६ देखि ९ बजे सम्म बजार हेर्न लायककै हुन्छ। भिडहरु सामान्य दिनहरु भन्दा पनि बढि हुन्छ। प्रहरी तथा प्रशासनलाई भिड नियन्त्रण गर्न हम्मे हम्ने पर्छ। मोटरसाईकल तथा अन्य सवारी साधन नगुडाउनु भने पनि अधिकांस मानिसहरु मोटरसाईकलमा दुई जना सवार गरेर हिडीरहेका हुन्छन।

आज मातातृथ औंसी यसदिनलाई आमाको मुख हेर्नेदिनको रुपा नेपाली हिन्दुहरुले मनाउदै आईरहेका छन। आज आमालाई नयॉ मिठाई तथा फलफूल खुवाउने चलन छ। यसैले पनि आज हेटौडा बजारमा हिजो अस्तिका दिन भन्दा दोब्बर नै भिड थियो। प्रहरीले चोक चोकमा मानिसहरुलाई आवस्यक नभए न हिड्नु भन्दै रोक्दै गरेको पाईन्थ्यो। मोटरसाईकलमा सवारहरुलाई त झन जता बाट आएको उतैतिर फार्काईदै थियो। तर पनि गल्लितिरबाट र प्रहरी नभएको ठॉउबाट मानिसहरु बजार आईरहे। केक पसल, मिठाई पसलमाहरु ठेलमठेल भिड देखिन्थ्यो र बिश्व स्वस्थ्य संगठनले सुझाउ गरेक सामाजिक दुरी कायम गरेको पाईदैनथ्यो।

आजको दिन अन्य दिन भन्दा भिड हुन्छ भन्ने पूर्व अनुमान गरि पूर्व तयारी गर्न प्रशासन चुकेको आभास गर्न सकिन्छ। भिड हुन सक्ने पसलहरुलाई बर्ग्रकृत गरेर त्यस पसल संचालकलाई, पहिले नै भिडको ब्यबस्थापन गर्न सुझाव गर्ने र सघाउने काम गर्न सकिन्थ्यो।

प्रशासनको कमजोरी रहेपनि मानिसहरु आफै पनि सचेत हुनुपर्ने हो। किनमेल गर्न बाहेक अनावस्यक कामलाई घर बाहीर ननिस्कने। कोरोनाले बिज्ञानलाई नै चुनौति दिंदै बिश्व जनसमुदाय नै आक्रन्त भैरहेको बेला आज सामान्य रुपमै घरमा जे छ त्यहि खानेकुरा प्रयोग गरि आमाको मुख हेर्ने दिन मनाउन सकिन्थ्यो तर त्यसको बेवास्ता नागरीकहरुबाट नै भैसकेपछि प्रशासन त कमजोर हुने नै भयो



Loading...
loading...

Top