logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

लकडाउन: सर्वसाधरण अझै पनि खेलाची गर्दै

स्टिम न्युज वि.सं ११ चैत्र २०७६, मंगलवार १०:०१
लकडाउन: सर्वसाधरण अझै पनि खेलाची गर्दै

काठमाण्डाैं। कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले विश्वलाई नै आतंकित बनाएको छ । फ्रान्सबाट कतार हुदै नेपाल अाएकि एक युवतिमा काेराेना संक्रमण देखिएपछि सरकारले देशनै लकडाउन गरेकाे छ। तर सर्वसाधरणहरु भने अझै पनि खेलाची गरिरहेका छन ।

काेराेाना रोकथाम तथा नियनत्रणका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले लकडाउन एवम् विभिन्न पहल गरीरहेका छन्।तर जनता आफै सचेत हुनु पर्नेमा अझै पनि खेलाची गरिरहेका छन ।

सडकमा सार्वजनिक सवारी नचले पनि मोटरसाईकलहरु भने फ्याट फुट्ट चलिरहेका छन । प्रहरी प्रशासनलाई झुक्याउँदै सर्वसाधारणहरु लुकी छिपि हिडिरहेका छन । यो बेला आफै सचेत हुनु पर्ने हो तर प्रशासन छक्याउँदै हिड्नु उचित हैन । यस्तो बेला जनता आफै सचेत हुनु पर्नेमा अझै पनि खेलाची गरिरहेका छन ।

कोरोनाको त्रासले शहरबाट गाउँगाउँ सर्वसाधरण गाउँ फर्कि सकेका छन् । कति घरपरिवार सम्झिदैं घरबाट अन्य ठाउँमा बसिरहेका छन् । सार्वजनिक यातायात पुर्ण रुपले बन्द छन् । तर भित्रि सडकहरुमा भने प्रहरी प्रशासनको आँखा छलेर फ्याट फुट्ट कदिरहेका छन । यस्तो महामारी रोगको विषयमा जनता आफै सचेत हुनु पर्छ । यो समय स्वयम आफैले सचेतना जगाउने काम गर्ने हामी किन पछि पर्ने हैन र ?



Loading...
loading...

Top