logo
  • Tuesday, November 24, 2020
  • वि.सं ९ मंसिर २०७७, मंगलवार

लिटिल बुद्द नामले चर्चित बमजन पक्रन प्रहरी सिन्धुलीस्थित आश्रममा

स्टिम न्युज वि.सं २४ माघ २०७६, शुक्रबार १०:३८
लिटिल बुद्द नामले चर्चित बमजन पक्रन प्रहरी सिन्धुलीस्थित आश्रममा

काठमाडौं: बलात्कार, हत्या, हिंसासम्बन्धी विभिन्न आरोप लागेका लिटिल बुद्द नामले चर्चित ‘तपस्वी’ रामबहादुर बमजन पक्रन प्रहरी शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलका अनुसार बमजन पक्राउ गर्न प्रहरी टोली शुक्रबार बिहानै उनको आश्रम पुगेको हाे।

बिहानै गएको प्रहरी टोलीले बमजन खोजिरहेको छ तर अहिलेसम्म भेटिएकाे छैन,टोली अझै फर्किएको छैन, फर्किएपछि मात्रै थप कुरा बताउन सक्छु।

उनलाई पक्राउन गर्न सिन्धुली जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्राेतले जानकारी दिएकाे छ।



Loading...
loading...

Top