logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

भारतीय बीमा कम्पनी एलआईसी डुब्दै

स्टिम न्युज वि.सं १३ माघ २०७६, सोमबार ०८:२४
भारतीय बीमा कम्पनी एलआईसी डुब्दै

काठमान्डाैं: नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ ।

भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ ।

एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरण अनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ ।

यस्तो तथ्याकं सन् २०१४/१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो ।

एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।



Loading...
loading...

Top