logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

लेस्वियन प्रेम कथामा आधारित वेब सिरिज बनाउँदै प्रियंका, फस्ट लुक समेत सार्बजनिक

वि.सं १६ असार २०७६, सोमबार १७:५९
Blog single photo

लेस्वियन प्रेम कथामा आधारित वेब सिरिज बनाउँदै प्रियंका, फस्ट लुक समेत सार्बजनिक

काठमाडौं: बलिउडकी चर्चित अभिनेत्री प्रियंका कार्कीले लेस्वियन कथामा आधारित सिरिज निर्माण गर्ने भएकी हुन् । यो प्रियंकाको आफ्नो होम प्रोडक्सन प्रिन्कलबेल पिक्चरबाट पहिलो प्रस्तुती रहेको छ ।

प्रियंकाले लेस्वियन अर्थात दुई महिलाको प्रेममा आधारित रहेको वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’को निर्माण गर्नुका साथै उक्त सिरिजको फस्ट लुक समेत सार्बजनिक गरेकी छिन् ।

उक्त वेब सिरिजमा दुई युवती बिचको प्रेम सम्वन्धलाई देखाउन खोजिएको छ । र लेस्वियन अर्थात ती दुई महिलाको भूमिकालाई प्रियंका कार्की र पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले निर्वाह गरेका छन् । शान थापाको कथा रहेको यस वेब सिरिजमा प्रियंकाले आफै पटकथा र संवाद लेखेकी छिन् । साथै यस वेब सिरिजमा अभिनेता आयुष्मान देशराज जोशी ‘डीओपी’ रहेका छन् ।

सार्वजनिक गरिएको पोस्टरलाई पनि आयुष्मानले आफै तयार पारेका हुन् । ८ वोटा एपिसोड रहने सिरिजलाई गाईजात्राको अवसर पारेर यहि साउन ३१ गतेबाट युट्युबमा रिलिज गरिने भएको छ । दुई युवतीहरु एक अपसमा प्रेममा छन् भने यस विषयलाई कुनै ठुलो कुरा नबनाएर उनीहरु बीचको एकअर्काको प्रेम बुझ्ने वातावरण बनाउनु पर्ने भएकोले उक्त सिरिजको निर्माण जरुरि रहेको प्रियंकाले बताएकी छिन् ।




Top