logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

रोजगारीका लागि कुवेत गएका एक नेपालीको मृत्यु

स्टिम न्युज वि.सं ७ फाल्गुन २०७६, बुधबार १४:३५
रोजगारीका लागि कुवेत गएका एक नेपालीको मृत्यु

फागुन । रोजगारीका लागि कुवेत गएका एक नेपालीको निधन भएको छ । करिव ४ वर्षअघि कुवेत गएका रसुवाका धनकृष्ण तामाङको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो ।

उनी इनास्को कम्पनीमा कार्यरत थिए । उनको मंगलबार बेलुका ८:१२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृत्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन ।

‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृत्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने । उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदय घात भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ । अघिल्लो हप्तामात्रै कुवेतमा ६ जना नेपाली युवाले ज्यान गुमाएका थिए ।



Loading...
loading...

Top