logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

कृषि नीति र कानून बनाउन माग

वि.सं १८ जेष्ठ २०७६, शनिबार ०६:१२
Blog single photo

कृषि नीति र कानून बनाउन माग

भक्तपुर, १८ जेठ: कृषि नीति नबनाउँदा तरकारीमा विषादीको प्रयोग बढेको भन्दै स्थानीय तहले कृषि नीति तथा कानून बनाउनुपर्ने सरोकारवालाले माग गरेका छन् ।

मानव अधिकार सञ्चार प्रतिष्ठान (इरिकन)ले  शुक्रबार आयोजना गरेको ‘तरकारीमा विषादीको प्रयोग र यसको अवस्था’ विषयक अन्तक्र्रियाका सहभागीले कृषि नीति निर्माणका लागि पैरवी आवश्यक रहेको औँल्याएका हुन् ।

विषादीको प्रयोग न्यून गर्न कृषकसम्म कार्यक्रम पुग्नुपर्ने र प्राङ्गारिक मल उत्पादन तथा त्यसको प्रयोगमा वृद्धि गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो । कार्यक्रममा अस्सरा भूर्तेलले सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा कृषिमा प्रयोग गरिने विषादी प्रयोगका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कृषि विज्ञ भोला भट्टराईले स्थानीय सरकारले ऐन बनाउन चासो नदिएको गुनसो गर्नुभयो । कार्यक्रममा गैसस महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा बजगाई, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, इरिकनका प्रतिनिधि रोस्ली भट्टराईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

रासस



Top