logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

खुलामञ्च अतिक्रमण विरूद्ध स्थानीय देखी नेता  सम्म  आन्दोलित 

वि.सं १२ बैशाख २०७६, बिहीबार १४:१५
खुलामञ्च अतिक्रमण विरूद्ध स्थानीय देखी नेता  सम्म  आन्दोलित 

खुलामञ्च अतिक्रमण विरूद्ध स्थानीय देखी नेता  सम्म आन्दोलित

काठमाडौं : काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएपछि स्थानीय सर्वसाधारण र सम्पदा संरक्षणका अभियान्ता आन्दोलित बनेका छन् । बिहीबार खुलामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले ‘खुला मञ्चलाई खुला राखौं’ अभियान सुरु गरेका छन् ।

पुरानो बसपार्कमा ब्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेको छ । ठेकेदार कम्पनीले खुलामञ्चमा अहिले ४० वटा नयाँ ब्यापारिक सटर हालेको छ । जसका कारण खुलामञ्च अतिक्रमणको शिकार हुन पुगेको छ । नियम, मापदण्ड र सहमति विपरित ठेकेदारले खुलामञ्चमा सटर हाल्दा पनि काठमाडौं महानगरपालिका मुकदर्शक बनेको छ । ब्यापारीसँग प्रतिसटर ६ देखि १२ लाख रुपैयाँ उठाएर बिक्री गरिँदैछ ।

सरकारी जग्गा खुलामञ्चमा व्यतिगत रूपमा ठेकेदारले ब्यापारिक सटर हालेर व्यावशाय सञ्चालन सरू गरेपछी खुलामञ्च सुरक्षाका निम्ति स्थानिय आन्दोलित भएका हुन। प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईसमेत सहभागी थिइन् ।

 



Loading...
loading...

Top