logo
  • Tuesday, July 27, 2021
  • वि.सं १२ श्रावण २०७८, मंगलवार

खाली पेटमा भुलेर पनि नखानुहोस् यी सात खाना

स्टिम न्युज वि.सं ३ चैत्र २०७७, मंगलवार ०८:३०
खाली पेटमा भुलेर पनि नखानुहोस् यी सात खाना

Spread the love

बिहानको समय अर्थात् खाली पेटमा खाइने खानाले दिनको सुरुवात र दिनभरिको स्वास्थ्य झल्काउने गर्छ ।

खाली पेटमा केही खानाको सेवनले एसिडको मात्रा धेरै बढाउने हुँदा बिहानको समयमा वा लामो समयको खाली पेटमा खाइने खानामा धेरै ध्यान पुर्‍याउनु पर्छ । खाली पेटमा यी सात खाना खानु हुँदैन :

पिरो खाना : खाली पेटमा मसला र खोर्सानीको सेवनले पेट झिल्ली पोल्न सक्छ जसकारण अम्लीय प्रतिक्रिया र ऐंठन हुन सक्छ । यसले अपचको समस्या निम्त्याउन सक्छ ।

गुलियो खाना तथा पेय : हामीमध्ये धेरैको बिहान उठ्नेबित्तिकै खाली पेटमा जुसको सेवन गर्ने बानी हुनसक्छ । खाली पेटमा गुलियो खाना तथा पेयपदार्थमा फ्रुक्टोजको रूपमा हुने चिनीले प्यान्क्रियाज र कलेजोमा बढी भार बढाएर विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

कार्बोनेटेड पेय : कोकाकोला, फ्यान्टालगायतका कार्बोनेटेड पेय दिनको जुनसुकै समयमा सेवन गर्दा पनि हानिकारक हुन्छन् । तर, खाली पेटमा यसको सेवनले कार्बोनेटेड एसिड पेटको एसिडसँग मिसिने हुँदा यसले वाकवाकी हुने, ग्यास बढ्ने, पेट दुख्ने लगायतका विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

चिसो पेय : खाली पेटमा चिसो कफी, आइस कफी लगायतका चिसो पेयको सेवनले पेटको झिल्लीमा क्षति पुर्‍याई पाचन प्रणालीमा समस्या ल्याउँछ ।

सिट्रस फल : ठिक समयमा फलफूलको सेवन सधैँ स्वस्थ हुन्छ । खाली पेट अम्बक, सुन्तला लगायतका सिट्रस फलको सेवनले पेटमा एसिडको उत्पादन बढ्न सक्छ । खाली पेटमा धेरै फाइबर र फ्रुक्टोज भएको फलको सेवनले पाचन प्रणालीलाई सुस्त बनाउन सक्छ ।

काँचो तरकारी : काँचो तरकारी वा सलाद खाली पेटमा खानु राम्रो हुँदैन । यसमा फाइबरको मात्रा धेरै हुने हुँदा खाली पेटमा थप भार पर्न सक्छ । खाली पेटमा काँचो तरकारी र सलादको सेवनले पेट दुख्न सक्छ ।

कफी : धेरैजसो मानिस एक कप कफीको साथ दिन सुरू गर्ने गर्छन् । यो निद्राबाट ब्युँझिने सजिलो तरिका जस्तो देखिन्छ तर खाली पेटमा कफीको सेवनले एसिडिटी हुन सक्छ । यसले पाचन प्रणालीमा हाइड्रोक्लोरिक एसिडको स्रावलाई उत्तेजित गर्छ जुन ग्यास्ट्राइटिसको कारण बन्न सक्छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com