logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

विश्व कीर्तिमान राखेका बागलुङका होचा व्यक्ति खगेन्द्रको निधन

स्टिम न्युज वि.सं ३ माघ २०७६, शुक्रबार २१:३८
विश्व कीर्तिमान राखेका बागलुङका होचा व्यक्ति खगेन्द्रको निधन

पोखरा: होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको आज निधन भएको छ । श्वास प्रश्वासमा स’मस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको आज दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।

मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई आज दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृ’त घो’षणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिनुभयो ।

खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो । उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि नि’धन भएपछि होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ ।



Loading...
loading...

Top