खाडीमा अत्याधिक गर्मी यसरी बच्नुस गर्मीबाट, गर्मीमा ज्यान बचाउने उपायहरू

0
अत्याधिक गर्मी, प्रचण्ड गर्मीका कारण
Advertisement

खाडीमा अत्याधिक गर्मी यसरी बच्नुस गर्मीबाट, गर्मीमा ज्यान बचाउने उपायहरू

बिगतका बर्षहरुको तुलनामा कुवेत तथा मध्यपुर्बका राष्ट्रहरुमा यो बर्ष अत्याधिक गर्मी बढीरहेको छ । बिशेष त ४५ देखी ५० डिग्री तापक्रम ननाघ्ने कुवेतमा यो हप्ताको तापक्रम ५२ डिग्री भन्दा माथी पुग्यो । कुवेत लगायत सबै जसो खाडी मुलुकमा बढीरहेको तापक्रमका कारण यहाँका बिभिन्न सञ्चार माध्यमहरुले उच्चतापक्रमबाट सचेत रहन र सकेसम्म दिउँसो बाहिर ननिस्कन यहाँका नागरिक तथा आप्रबासीहरुलाई आग्रह गरेका छन।

त्यसो त कतार, कुवेत लगायत खाडी मुलुकका धेरै जसो सरकारको सार्वजानिक सधैं झै यो बर्ष पनि जुनको पहिलो हप्ताबाट अगस्टको अन्तिम हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला क्षेत्रमा श्रमिकहरुलाई काममा नलगाउन निर्देशन जारी गरिसकेका छन् ।

कस्ता ब्यक्तिलाई गर्मिले बढी असर गर्छ ?

बिशेष गरी श्वासप्रश्वास रोग भएका ब्यक्तिहरु, ४ बर्ष भन्दा कम उमेरका बच्चाहरु, गर्भवती महिलाहरु, ६५ बर्ष काटेका ब्यक्तिहरु, बीपी (रक्त संचार) अस्थिररहेका व्यक्तिहरु, ब्लड सुगरका औषधी सेवन गर्ने गरिरहेका ब्यक्तिहरु, उमेर अनुसार धेरै तौल भएका मनिसहरु, अत्याधिक मोटा ब्यक्तिहरुलाई यस्तो गर्मीका कारण प्रतक्ष असर गर्न सक्छ । जसका कारण गर्मी स्ट्रोक र निर्जलीकरण हुदै टाउको अत्याधिक दुख्ने, अचेत हुने वा अन्धो समेत हुन सक्छन।

खाडी मुलुकमा केही हप्ता देखी अत्याधिक गर्मी र धुलोका कारण धेरै ब्यक्तीहरु मौसम परिवर्तनबाट लाग्न सक्ने समान्य रुघा, खोकी, ज्वरो तथा जिउ दुख्ने (क्लाइमेटिकल चेन्जेच डिजेज फिबर) बाट प्रभावित छन । त्यती मात्र होइन हरेक दिन आगलागीका घटनाहरु बढी रहेका छन । त्यती मात्र होइन अत्याधिक गर्मीकै कारण सडकमा चलिरहेका सवारी साधनहरु पनि जल्ने क्रम बढीरहेको छ । त्यसैले कुवेतको गर्मीबाट बच्न आफैंले सक्दो प्रयास र समाधानका बाटोहरु अपनाउनु जरुरी छ।

खाडीमा अत्याधिक गर्मी यसरी बच्नुहोस

  • काम सुरु गर्नु अगाबै पानी पिउनु होला ।
  • प्रत्येक २-३ घन्टा भित्र कम्सेकम २ लिटर पानी पिउनुहोला । एकै पल्ट पिउदा किड्नीलाइ असर पर्ने हुदा प्रत्येक १५-२० मिनेटको अन्तरालमा एक ग्लास पानी पिउनु होला ।
  • पिसाब पहेलो रङ्गको भएमा तुरुन्तै पानी पिउनु होला । पहेलो पिसाबको लक्षण डिहाइड्रेट भएको भन्ने बुझाउछ त्यसैले पानीको मात्रा बढाउनुहोला ।
  • उच्च रक्तचापको समस्या छैन भने खाने कुरामा हल्का नुनको मात्रा बढाउनुहोला जस्ले गर्दा शरीरले पानी ज्यादा माग्छ ।
  • अत्याधिक गर्मी भएमा शरीर थकावट भएमा, चक्कर आएमा वा बान्ता होला जस्तो महसुस भएमा तुरुन्तै आफ्नो सुपरभाइजरलाई खबर गर्नुहोला । केही समय आराम गर्नुहोला ।
  • दिनमा कम्सेकम ७/८ घन्टा सुत्नु होला ।
  • गर्मीको मौसममा फलफुल, सागसब्वी एबम भेज खानाको मात्रा बढाउनुहोला ।
  • साइटमा एक्लै काम नगर्नुहोला । कम्सेकम दुई जना अनिवार्य साथमा काम गर्नुहोला ।
  • ORS वा जीवनजल पानीमा मिलाएर प्रत्येक दिन एक ग्लास पिउनुहोला । साथै ग्लुकोज पानीको मात्रै बढाउनुहोला ।
  • मदिरा सेवन, चुरोट, खैनी, चिया लगायत शरीरलाई असर पर्ने चिज कम गर्नुहोला वा बन्द गर्नुहोला । मदिरासेवनले शरिरमा पानीको मात्रा कम गराउने हुदा शरीर डिहाइड्रेट भएर चक्कर आउने र बेहोस भएर ढल्ने संभावना हुन्छ । उक्त समयमा बेहोस हुदा हर्ट अट्ट्याकको संभावना प्रबल रहनेछ ।
  • सम्भबत दैनिक दुई पल्ट (बिहान बेलुका) नुहाउने गर्नुहोला । नुहाइएन भने शरीर बाट पसिना आउने साना-साना प्वाल बन्द भएर बिरामी हुने संभावना हुन्छ । साथै दैनिक प्रयोग गरिने कपडा सफा गरेर मात्रै पुनः प्रयोग गर्नुहोला ।
  • मानसिक तनाबबाट मुक्त हुनुहोला ।
  • साथै महिनामा एकपल्ट आफ्नो बिपि चेक गराउनुहोला ।
  • सकेसम्म मध्यान्नमा बाहिर अनावश्यक घुमफिर वा किनमेलको लागि ननिस्कने।
  • निस्कनै परे पनि क्याप, ह्याट, सनग्लास र शरिरको सबै अंग छोपिने कपडा लगाउने । कालो कपडा सकेसम्म नलगाउने र अन्य रंगिन कपडाको साटो पनि सेतो हल्का कपडा लगाउने।
  • सकेसम्म समयमै घटिमा ६ देखी ८ घण्टा सुत्ने र अनिदोमा बाहिर ननिस्कने
  • बाहिरबाट आउने बित्तिकै पसिना नसेलाउदै लगाएको कपडा परिवर्तन नगर्ने तथा बाहिरबाट आउना साथ ननुहाउने।
  • खाना खाने बित्तिकै वा नुहाउने बित्तिकै नसुत्ने।

गर्मीमा ज्यान बचाउने उपायहरू

  • कोठा तातो भयो भनेर सुत्नु अघी एसी धेरै चिसो नबनाउने, सके सम्म एसीलाई २२ २४ डिग्रीसम्म मात्र राख्ने।
  • बिजुली सर्टसर्किटबाट बच्दै आगालागी हुन नदिनको लागि घर तथा अफिसमा काम सके पछीका इलेक्ट्रोनिक्स डिभाइसहरु बन्द राख्ने।रिचार्जेबल इलेक्ट्रोनिक्स सामानहरु पनि लामो समय चार्जमा नछोड्ने।
  • बाहिर निस्कदा सधैं पानी साथमा राख्ने। पानीले बेला बेलामा मुख धुने र भिजाएको रुमालले बेला बेलामा शरिरको खुल्ला भागमा पुछ्ने।
  • धेरै गर्मी भयो भनेर धेरै चिसो पेय पदार्थ नपिउने, किनकी गर्मीमा टनसिलले छिट्टै समाउन सक्छ।
  • यदी सवारी साधन चलाऊनु हुन्छ भने सवारी साधनको सर्भिसिङ समयमै गराउनुस। इन्जिनको पानी वा वेल र फिल्टर चेक गरिरहनुस। सवारी साधनको एसी धेरै स्पिडमा नचलाउनुस् जसको कारण ओभर हिट हुने सम्भाबना हुन सक्छ।
  • यदी तपाईंले १२ घण्टा भन्दाबढी लगातार काम गरिरहनु भएको छ वा लगातार उभिएर गर्नु पर्ने काम गरिरहनु भएको छ भने पानीको मात्रा बढाउनुस र आफुलाई सकेसम्म कम तनावमा राख्नुस।
  • तपाईंलाई ब्लड प्रेशर, ब्लड सुगरको समस्या छ भने र औषधी सेबन गरिरहनु भएको छ भने समय समयमा परिक्षण गरिरहनुस।
  • सकेसम्म कम तनावमा रहनुस।

Facebook Comments

Advertisement