logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

रात्रिकालीन काठमाडौँ सम्पदा यात्रा गरिने

वि.सं १५ जेष्ठ २०७६, बुधबार २०:४७
Blog single photo

रात्रिकालीन काठमाडौँ सम्पदा यात्रा गरिने

काठमाडौँ, १५ जेठ:सरकारले रात्रिकालीन काठमाडौँ उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६-०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति, परम्परा र सङ्गीतको अवलोकन गर्नका लागि रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने बताउनुभएको हो ।

यसैगरी कीर्तिपुरस्थित जातीय सङ्ग्रहालयलाई नेपालको परम्परा, भाषा, संस्कृति र रीतिरिवाज झल्काउने गरी राष्ट्रिय संस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ । त्यस्तै पशुपति क्षेत्र विकास कोषका लागि रु ३५ करोड बजेट छुट्याइएको छ । साहित्यकार र कलाकारको वृत्ति विकासमा पनि सरकारले ध्यान दिने भएको छ । सरकारले भूकम्पका कारण क्षति पुगेका सबै सम्पदाको पुनःनिर्माण आगामी दुई वर्षमा सक्ने भएको छ ।




Top