logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

रासस वि.सं ६ आश्विन २०७७, मंगलवार १९:२४
भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

भोजपुर। जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ ।

अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।

आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताउनुभयो ।

जिल्लामा दुई हजार दुई सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।



Loading...
loading...

Top