logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार ०७:१९
१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय २७ जनालाई कारबाही गरी ७५ करोड रुपैंयाँ जरिवाना गरेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा ५ लाख ४ सय ४८ कर्मचारीमध्ये १७ हजारलाई जरिवाना गर्दा उक्त रकम संकलन भएको हो ।

सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने ब्यवस्था छ ।

केन्द्रले विवरण नबुझाउनेको विवरण संकलन गरी कारवाही गर्न आयोगमा सिफारिस गर्ने र आयोगले कारवाही गर्ने ब्यवस्था छ ।

तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै संघअन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्ति छन् ।  यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।



Loading...
loading...

Top