logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

प्रजातन्त्र दिवस : राष्ट्रपतिद्वारा ३२९ कैदीको कैद मिनाहा

स्टिम न्युज वि.सं ७ फाल्गुन २०७६, बुधबार १४:४३
प्रजातन्त्र दिवस : राष्ट्रपतिद्वारा ३२९ कैदीको कैद मिनाहा

काठमाडौँ। आज प्रजातन्त्र दिवस, यो दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कै दीको बाँकी कैद मिनाहा गर्नुभएको छ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो ।



Loading...
loading...

Top