logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

आजदेखि कागेश्वरीमा तीनदिने महामेला,डेढ लाख पर्यटक भित्र्याउने

स्टिम न्युज वि.सं १९ भाद्र २०७६, बिहीबार ०७:१५
Blog single photo

काठमाडौँ :  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीको कागेश्वरी महादेव मन्दिरमा आजदेखि मेला लाग्दैछ । भाद्र शुल्क अष्टमी (कागेअष्टमी) अर्थात भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म लाग्नेछ ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको कागेश्वरी महामेला व्यवस्थापन समितिले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा मेलालाई नगरपालिकाले आफ्नो पहिचानसँग जोडेको छ। नगरपालिकाले कागेअष्टमीका दिन नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको कागेश्वरी नगरपालिकका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले बताएका छन् ।

भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन कागेश्वरी महामेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गर्ने तय भएको छ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महदेव मन्दिर रहन गएको जनविश्वास रहेको छ।

यस्तै रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहेको छ।

पर्यटन प्रवर्धन गर्ने हिसाबले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ति स्थापना गरेको छ। कागेश्वरी महादेवको मन्दिरमुनि र माथि छहरा र झरना छन्।




Top