logo
  • Monday, January 25, 2021
  • वि.सं १२ माघ २०७७, सोमबार

कबिता- नेपाली जनताको आवाज ।।

लेखक: कबिता ढकाल वि.सं ९ भाद्र २०७७, मंगलवार १४:४१
कबिता- नेपाली जनताको आवाज ।।

साउने बादल दर्कने पानी सहनु नै पार्ने भो।
पहाडमा पहिरो तराईमा डुबान जनता नै मर्ने हो।।

नेपालका नेता तिमिलाइ के थाहा कुर्सीमै लडाइँ छ ।
त छाड र म छाड गरेर सधैं नै कुर्लेर हिड्नु छ।।

बिचरा जन्ता के गरि बाच्ने तिमिलाइ थाहाछैन।
खाना र छाना काहाहो पाउने त्यो पनि थाहाछैन।।

भोक भोकै मर्ने गरिब जनता नेतालाई मस्ती छ ।
बिदेश को सहयोग छुट्याइएको बजेट खै कता गएको छ ।।

चुनावको बेला कुर्लन्छ्न नेता जनतालाई झुक्याएर ।
जितेका नेता हेर्दैनन त्यता जनतालाई सम्झिएर।।

पाँच बर्ष पछि भोट्माग्न आउछन् जनताकै दैलोमा।
फेरी पनि जनता मर्ने नै हुननि डुबेरै पहिरोमा।।

लेखक: कबिता ढकाल
मेची नगर -६ बाहुन्डाङि



Loading...
loading...

Top