logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

गजल: के गर्नु ???

प्रेम थापा वि.सं १८ आश्विन २०७७, आईतवार १८:४८
गजल: के गर्नु ???

आफ्नो गल्ती यहाँ सबै ढाग्छन त के गर्नु ?
पूरा भै नसक्दै लक्ष्य थाक्छन त के गर्नु ?

बाध्यता र विवशता कस्ले बुझ्छ र यहाँ ?
बस गल्ती बिनै टाउको ताक्छन त के गर्नु ?

एउटा गल्ती गर्छ अर्को सजाय पाउछ यहाँ ।
बिना कारण कर्तव्यबाट भाग्छन त के गर्नु ?

सन्दर्भ त फरक छ हजुर मेरो रचनाको ।
बेलाबेला घरबेटीले भाडा माग्छन त के गर्नु ?

पीडा भोग्नेलाई थाहा हुन्छ दिनेलाई त के थाहा
तर कोहि त ठुला ठुला गफ हाक्छन त के गर्नु ?

रचना : प्रेम थापा
भैरवी गाउँ पालिका -५ दैलेख



Loading...
loading...

Top