logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

स्टिम न्युज वि.सं २१ माघ २०७६, मंगलवार ०८:४५
सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

काठमाडौं । हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ। सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो। गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए।

सुरुमा हिमाली गाउँपालिका ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस स्कुलमा संक्रमण देखिएको थियो। तीन जना विद्यार्थीमा देखिएको संक्रमण बढेर गाउँ नै प्रभावित बनेको छ। स्कुलकै ३० बढी बिरामी परेका छन्।

स्कुल बन्द गरिएको छ। घर घरमा ज्वरोको संक्रमणबाट बिरामी थला परेपछि उपचारमा समेत समस्या देखिएको छ। गाउँमा रहेको इलाका स्वास्थ्य चौकीमा औषधी पनि प्रर्याप्त नभएको र गाउँपालिकाले समेत चासो नदेखाएको आरोप स्थानीयको छ।

गाउँ नै थला पर्ने गरि बिरामी हुँदा समेत गाउँपालिकाले स्वास्थ्यको टोली नखटाएको र औषधीको व्यवस्था समेत नगरेको स्थानीय अगुवा समेत रहेका गोरख सार्कीले आरोप लगाए। गाउँमा वडा अध्यक्षदेखि जनप्रतिनिधीलाई जानकारी गर्दा आफूले थाहै नभएको जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिएको सार्कीको गुनासो छ।

हिमालीमा बेला बेला ज्वरो लगायतका रोगको संक्रमण देखिने गरेको छ। अधिकांश विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द गरिएका छन्।अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।



Loading...
loading...

Top