आर्थिक तनाव बढ्दै जादा चिनियाँ राष्ट्रपतिले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेरा मित्र

डोनाल्ड ट्रम्प
Advertisement

आर्थिक तनाव बढ्दै जादा चिनियाँ राष्ट्रपतिले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेरा मित्र

मस्को-चिनियाँ राष्ट्रपति सी चिनफिंगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो मित्र भएको बताएका छन् ।

सेन्ट पिटर्सबर्गमा एक अन्तराष्ट्रिय आर्थिक मंचमा बोल्दै चिनफिंगले अमेरिकाले चीनसँगको आर्थिक सम्बन्ध तोड्नेछ भन्ने आफूलाई नलागेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति चिनफिंगले चीन र अमेरिका बीच बलियो व्यापारिक तथा लगानीको सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

अमेरिका वा चीनले एक अर्का संग पूर्णत: आर्थिक सम्बन्ध विच्छेद गर्नसक्ने कुरा सोच्न पनि कठिन रहेको चिनफिंगले बताएका छन् ।

चिनफिंगले अमेरिका संगको आर्थिक सम्बन्ध विच्छेद आफूहरूले नचाहेको र आफ्ना अमेरिकी साझेदारहरूले पनि नचाहेको उल्लेख गर्दै भने “ट्रम्प मेरा मित्र हुन्, र म विश्वस्त छु कि उनी पनि यसो चाहदैनन् ।

चीन र अमेरिका बीच व्यापारिक युद्धको अवस्था रहेको अवस्थामा चिनफिंगको यी भनाईले आगामी दिनमा सम्बन्ध सुधारमा सहयोग पुग्न सक्ने अनुमान गरिएको छ ।

यस अघि रुसको भ्रमणमा रहेका चिनफिंगले रुसी रास्ट्रपति भ्लादमिर पुटिन संग दुईपक्षीय भेटघाट र छलफल गरेका छन्, पुटिन आफ्ना ‘घनिष्ठ मित्र’ रहेको चिनफिंगले बताएका थिए ।

Facebook Comments