logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

जिम्बाबे क्रिकेटमाथि आइसीसीको प्रतिबन्ध

वि.सं ३ श्रावण २०७६, शुक्रबार १३:३८
Blog single photo

जिम्बाबे क्रिकेटमाथि आइसीसीको प्रतिबन्ध

काठमाडौं : क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ ।

लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावे क्रिकेटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि रोक लगाएको छ भने दिदै आएको अनुदान समेत रोकेको छ ।

आईसीसीले तीन महिनाभित्र क्रिकेट सम्वन्धी विवादमा सहमति खोज्न निर्देशन समेत दिएको छ । जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले त्यहाँको बोर्ड निलम्बन गर्दै तदर्थ समिति बनाएपछि जिम्बाबे क्रिकेटमा विवाद देखिएको थियो ।

त्यस्तै आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ । मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई भने निष्कासन गरिएको छ ।

बैठकले नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बन फुकुवाका बिषयमा छलफल गरेन । २०७३ वैशाखदेखि क्यानमा सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै आईसीसीले निलम्बन गरेको थियो । क्यानबारे कुनै निर्णय नगर्दा निलम्बन यथावत रहेको हो ।




Top