logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

“झुर मान्छे” लिएर आए गायक पुष्पन प्रधान (भिडियाे सहित)

स्टिम न्युज वि.सं १४ मंसिर २०७६, शनिबार १७:४०
Blog single photo

काठमाण्डाैः व्यावसायिक गित भन्दा फरक प्रकारको गित लिएर आउने डुवर्सका युवा सुफी गायक पुष्पन प्रधानले यसपालि पनि भिन्नै शैली भएको नयाँ गित लिएर आएका छन्। उनको नयाँ गित “झुर मान्छे” युट्युब मार्फत सार्वजनिक गरिएको छ।

“झुर मान्छे” मार्फत गायक प्रधानले जिवनको वास्तविक कठिनाईहरुलाई गितमा ठ्याक्कै उतार्न सफल बनेका छन्। युवा पुस्तालाई लक्षित गरिएको गीतले जे पनि गर्छु भन्ने तर केही पनि नगर्ने वर्तमान युवा पुस्ताको दैनिकी भन्ने प्रयास गरेको छ ।

दिनभर अरुको कुरा गर्ने तर स्वयम् चाहिँ केही नगर्ने व्यक्तिको कथा गीतले भनेको छ । गीतमा आम नेपाली युवाले प्रयोग गर्ने बोलीचालीको भाषा प्रयोग गरिएको छ ।

संगीत श्रोताको शब्द तथा संगीत रहेको गीतमा स्वर पुष्पन प्रधानले भरेका छन् । अक्सर फरक शब्द र शैलीका गीत गाउने पुष्पनको यो गीत पनि फरक छ ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भडियोमा आर्जेश रेग्मी मुख्य भूमिकामा छन् । गीतले भन्न खोजेको कथा आर्जेश मार्फत निर्देशक पेमामान सिंह तामाङले भिडियोमा देखाएका छन् । भिडियो सन्तोष लामाले खिचेका हुन् ।

काठमाडौं सहरका विभिन्न स्थानमा खिचिएको भिडियोमा पुष्पनले लिप्सिङ सँगै आर्जेशलाई साथ दिएका छन् ।




Top