logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

जातीयता को कारणले मान्छे नमरोस ।।

सावित्रा बिक. वि.सं १६ भाद्र २०७७, मंगलवार ०८:४८
जातीयता को कारणले मान्छे नमरोस ।।

दुइहजार सतहत्तर दश गते जेठमा ।
सुन्नुभा छ सबैले रुकुम घटना ।।
बाआमा को एउटा छोरा दिदिबहिनी प्यारा को ।
आखाको नानी रहेछ्न गाउँले साराको ।।

जाजरकोट को जन्म रहिछ नवराज नामैनि।
शोकाकुल मा डुब्यो बरै पुरै गाउँनि ।।
रुकुम चौरजहारि को शुस्मा भन्ने केटी लाई ।
माया प्रेम गरेको रहेछ उसैलाई ।।

भन्दै गाथे बसआमा घरमा बत्तिबालेर ।
बुहारी ल्याउछु आज सिन्दुरहालेर ।।
भन्थेरे नरोउआमा अब सुख आकोछ ।
तिम्रो छोरा प्रहरीमा भर्ती भाको छ ।।

दिनको बाह्रबजे संगिसाथि जम्माभै ।
जाउन साथी शुस्मा लिन जांउन जन्ती भै ।।
साथ पाए नवराजले सत्रजना साथीको ।
त्योदिन मात्रै रहेछ बाँच्ने रहिन्छ बाँकिको ।।

बेलुकी पाँचबजे रुकममा पुगेसि ।
फर्किन लागेछन कुरा बुझेसि ।।
सुस्माकि आमा भन्छे डुम आयो भनेर ।
बस्या रहिछन् मान्छे मार्ने पलान बनेर ।।

तिनगाउँका मान्छे आए हतियार बोकेर ।
मारिदिए छ जनालाई सबैले कुटेर ।।
भन्दै कुटे सानो जातले ठुलो जातलाई भगाउने ।
भेरीको नदिमा मा हो मारि बगाउने ।।

हात जोड्दै भन्थेरे नमार्नुन हामीलाई ।
अध्यक्षले भन्थेरे मारमार कामी लाई ।।
युवा मार्न आएका वाड्का अध्यक्ष ।
जन्मकैद हुनुपर्छ यिनलाई अबस्य ।।

कुटिकुटि थिलाथिला ति युवालाई पारेर ।
बगाइदिए भेरी मा युवा मारेर ।।
उर्लिआथ्यो भेरि नदि बगाइदियो साथि र नवराज ।
बगाइदियो बाआमाको बुढेसकालको आस ।।

दलित भन्दै मारे तिनलाई गैरदलित युवालाई ।
कस्तो चोटपुग्यो होला आमा बुवा लाई ।।
सुख दिन्छु बाआमा लाई भन्थे बरै नवराज ।
बाबा रहेछन अपांग कस्को गर्ने आस ।।

दिदिबहिनी लाई सुन्ने अब तिज तिहार ।
ति बाबाको अब कस्ले गर्ने सिहार ।।
संसदभबन रनन जनार्दन शर्माले ।
बोलिदिए संसदमा आफैं हाम्फाले ।।

अनुगमन गर्न जाने किशोर नेपाल पत्रकार ।
हाम्फालेर मोरे भन्दै लेखे समाचार ।।
बाके बाट जानुभो बुद्ध सुनार केसब नेपाली ।
छ्छ्जना कसरी मोरे हाम्फालि।।

जता गयो उतै बरै जातीय बिभेद चुलियो ।
हामीलाई रहेन्छ गणतन्त्र भन्ने बुझियो ।।
बुटवल बाट जानुभयो घटना स्थल हेरनलाई ।
के रहिछ वास्तविकता भनि बुझ्नलाई ।।

पुर्ब साम्सद बिनोद पहाडी पत्रकारका अध्यक्ष ।
बाल कृष्ण चापागाईं माहा संघका पुर्ब अध्यक्ष ।।
गोबिन्द खनाल मानवअधिकार का ।
माधब नेपाल बि.बि.सि. समाचारका ।।

शिब गौडेल अधिबक्ता बिनोद बुटवल पत्रकार ।
बल्ल आयो सत्य तथ्य मुख्य समाचार ।।
प्रतिबेदन सार्बजनिक गरेपछि बुटवल मा ।
बल्ल घण्टी बजेको हो संसदभवनमा ।।

सत्य तथ्य थियो त्यसमा सुन्नदा प्रतिबेदनमा ।
जातीयता को कारणलेनै घट्यो घटना ।।
भाइ मार्दा आन्दोलन गाइ मार्दा जेलमा ।।
कहिले सम्म पर्ने हामी येस्तो खेलमा ।।

स्थानीय बोलेनौ दलित प्रतिनिधिनि ।
टुलुट्लु हेरि बस्ने येस्तो बिधिनि ।।
चुगरेनन मान्छे मार्दा खैकता सोझियौ।
दलितका साम्सदहरु कता बेचियौ।।

कि जानेनौ बोल्नलाई कि त मुख थुनियो ।
कहिले सम्म हामीहरु भर्र्याङ् हुनिहो ।।
मागेछैनौ जग्गा जमिन मागेछैनौ हामीले धन ।
त्रिसठिको संविधानलाई कार्यनयन गर ।।

कडा बनोस नितिनियम अब येस्तो नपरोस् ।
जातीयता को कारणले मान्छे नमरोस ।।
जातीयता को कारणले मान्छे नमरोस ।।

लेखक:सावित्रा बिक



Loading...
loading...

Top