logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

जापान रोजगारीमा जाने तयारीमा हुनुहुन्छ ? नमुना प्रश्नपत्र सहितको जानकारी

स्टिम न्युज वि.सं १९ भाद्र २०७६, बिहीबार १७:०३
Blog single photo

काठमाडौं : जापानले नेपाली कामदार लान औपचारिक प्रकिया सुरु गरेको छ । जापानले पहिलो चरणमा नर्सिङ केयर लाई लानेछ ।

यसका लागि जापानको स्वास्थ्य, श्रम तथा कल्याणकारी मन्त्रालयले परिक्षाको मिति, विषयवस्तु लगायतका विषय सार्वजनिक गरेको छ ।

कहिले हुन्छ परिक्षा ?

नेपालमा आगामी अक्टोवर २७ देखि २९ सम्म, नोभेम्वर ५ देखि ७ सम्म तथा नोभेम्वर १२ देखि १४ सम्म तीन चरणमा पहिलो चरणको सीप परिक्षा हुने छ ।

कस्तो हुन्छ परिक्षा ?

जापानी भाषा परिक्षा आधा घण्टाको हुनेछ । दुई–दुई मिनेटका १५ वटा प्रश्न सोधिनेछन् । तीन खण्डमा बाँडिएको भाषा परिक्षाका १५ वटा प्रश्न हरेक खण्डमा पाँच–पाँच वटाका दरले सोधिनेछ ।

यसैगरी  सीप परिक्षा एक घण्टाको हुनेछ । त्यस अवधिमा ४५ वटा प्रश्न सोधिने र त्यसमध्ये ४० प्रश्नको लिखित परिक्षा हुनेछ । पाँच वटा प्रश्न रहने प्रयोगात्मक परिक्षामा कम्प्यूटरको माध्यमबाट जाँच हुनेछ ।

नतिजा परिक्षा भएको एक महिना पछि हुने र उत्तिर्ण हुन न्यूनतम ६० अंक प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

सेवा सुबिधा

नेपाल र जापानवीच यसअघि भएको सहकार्यको सहमति(एमओसी) अनुसार नेपाली कामदारले जापानमा जापानी नागरिक सरह सेवा सुविधा पाउने उल्लेख छ ।

फाराम

आवेदनका लागि कामदारले सब्स्क्रिप्सन फर्म भरेपछि क्षेत्रीय अध्यागमन विभागमा आवेदन दिन सक्नेछन् । यस्तो आवेदन अनलाइनमार्फत् दिनुपर्नेछ ।

आवेदन दिनका लागि यहाँ क्लिक गरेर फारम भर्नुहोस् ।

फारम शुल्क

भाषा परिक्षाको शुल्क तथा र सीप परिक्षण दुवैको परिक्षा शुल्क एक–एक हजार येन गरी दुई हजार येन तोकिएको छ ।

सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउने बताइएको छ । यस्तो आवेदन दिन नेपालमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नमुना प्रश्नपत्र

japanese language question stimnews




Top