logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

दल दर्ताका लागि जनता समाजबादी पार्टीद्वारा निर्वाचन आयोगमा निवेदन

स्टिम न्युज वि.सं ११ बैशाख २०७७, बिहीबार १२:५५
दल दर्ताका लागि जनता समाजबादी पार्टीद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं: समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर बनेको नवगठित जनता समाजवादी पार्टी, नेपालका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

आवश्यक कागजात लकडाउन पछाडि बुझाउने गरि दल दर्ता गरिएको सहमति बनेको नेता राजेन्द्र महतोले जानकारी दिए ।दर्ता नम्बर १३८८ रहेको छ । दल दर्ताको निवेदन दिन राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

नेताहरूले नयाँ दलमा कुनै असन्तुष्ट नरहेको बताएका छन् । बुधबार अबेर राति राजपा नेपाल र समाजबादी पार्टीबीच पार्टी एकीकरण गर्ने समझदारी भएको थियो ।

नवगठित पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको र चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको कायम गरिएको छ । पार्टीको वरीयता क्रममा महन्थ ठाकुर पहिलो, डा. बाबुराम भट्टराई दोस्रो र उपेन्द्र यादवलाई तेस्रो नम्बरमा राखिएको छ ।

आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेताहरुले नवगठित पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे । उनीहरुले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र, पार्टी पद्धतीलाई कमजोर बनाएर एकदलीय व्यवस्था लाद्न खोजेको आरोपसमेत लगाए ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर लोकतन्त्रमाथि नै प्रहार गर्न खोजेको भन्दै उनीहरुले तत्काल अध्यादेश फिर्ता लिई संसद बैठक बोलाउन पनि माग गरे ।



Loading...
loading...

Top