logo
  • Tuesday, February 25, 2020
  • वि.सं १३ फाल्गुन २०७६, मंगलवार

जम्मू-कश्मीरबारे राष्ट्रसंघलाई पाकिस्तानको चौथो पत्र

स्टिम न्युज वि.सं १२ भाद्र २०७६, बिहीबार ११:१२
जम्मू-कश्मीरबारे राष्ट्रसंघलाई  पाकिस्तानको चौथो पत्र

एजेन्सी । पाकिस्तानले कस्मिरको विषयमा  संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई  चौथो पत्र  लेखेको छ ।विदेशमन्त्री शाह महमुद कुरैशीले भारत प्रशासित जम्मु कस्मिरमा गम्भीर मानवअधिकार अवस्था र कठिन अवस्थाको बारेमा चिन्ता जनाउँदै पत्र लेखेको  पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा परिषदको अगस्ट १६ को बैठकमा सन्दर्भ जोड्दै पाकिस्तानले तीन सातादेखि कस्मिर पुरै जनतालाई नियन्त्रणमा राखिएको भन्दै त्यो हटाउन आवश्यक रहेको जनाएको छ । पाकिस्तानले संयुक्त राष्ट्र सैन्य अनुगमन समूहको संख्या दोब्बर बनाउन माग गरेको छ ।

त्यसैगरी गरी नियन्त्रण रेखासम्म अनुगमनकर्तालाई जान अनुमति दिन भारतले सहमति दिन आवश्यक रहेको जनाएको छ । पाकिस्तानी मानवअधिकार मन्त्री शीरिन मजारीले ट्वीट गर्दै यस विषयमा जानकारी दिएकी हुन् ।



Loading...
loading...

Top