logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने निर्णयको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

स्टिम न्युज वि.सं ११ आश्विन २०७७, आईतवार ०८:३२
खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने निर्णयको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

काठमाडौं । खेतीयोग्य जमिनलाई कित्ता काट गर्न नसक्ने गरी २०७४ सालमा भएको निर्णय र सो निर्णयलाई उल्ट्याउने गरी गत भदौ १८ गते भएको निर्देशनात्मक आदेशसहितका सक्कल फाइल पठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खेतीयोग्य जमिनलाई कित्ता काट गर्ने गरी भएको निर्देशनात्मक आदेश र सो आदेशभन्दा अघिको कित्ताकाट गर्न नसक्ने गरी भएको निर्णयको सक्कल फाइल पठाउन दुई दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आदेश दिएको हो ।

सरकारले २०७४ साल साउन २६ गते खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाउने गरी रोक लगाएको थियो । त्यसपछि भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गतेको निर्णय भनी २०७४ सालमा भएको सो निर्णयलाई हटाएको थियो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।



Loading...
loading...

Top