logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

जेलमा रहेका अभियुक्त छुटाइदिने भन्दै वकिलले लिए ४२ लाख

स्टिम न्युज वि.सं २५ माघ २०७६, शनिबार ०४:३६
जेलमा रहेका अभियुक्त छुटाइदिने भन्दै वकिलले लिए ४२ लाख

काठमाडौं। जेलमा रहेका अभियुक्तलाई ‘सेटिङ मिलाएर’ छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएका एकजना कानून व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अधिवक्ता टंकबहादुर रानामगर छन् । जनन्यायिक कानूनी सेवा नामक कानून परामर्श केन्द्रका सञ्चालक समेत रहेका अधिवक्ता रानामगरले राजश्व छलिको अभियोगमा थुनामा रहेका अभियुक्तलाई छुटाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएको देखिएको छ ।

अभियुक्तका परिवारले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले रानामगरलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाले अधिवक्ता रानामगरलाई पक्राउ गरिएको पुष्टि गरे ।

‘सेटिङ मिलाएर जेलबाट छुटाइदिन्छु भन्दै जेलमा रहेका अभियुक्तका परिवारबाट ४२ लाख रुपैयाँ लिएको देखिएको छ । यो रकम वकालत गरेको खर्च हैन । सिधै सेटिङ मिलाइदिन्छु भन्दै घुसको रुपमा लिएको देखिएको छ,’ एसएसपी थापाले भने ।

अपराध महाशाखा स्रोतका अनुसार अधिवक्ता रानामगरले हाल नख्खु कारागारमा थुनामा रहेका रमेश दाहालसँग ४५ लाख रुपैयाँ लिएका हुन् ।



Loading...
loading...

Top