logo
  • Saturday, October 31, 2020
  • वि.सं १५ कार्तिक २०७७, शनिबार

आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरुआत

स्टिम न्युज वि.सं ४ आश्विन २०७७, आईतवार १०:००
आईपीएलमा चेन्नई सुपर किंग्सले विजयी सुरुआत

काठमाडौं:इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुआत गरेको छ। उसले डिफेन्डिङ च्याम्पियनलाई उद्घाटन खेलमा ५ विकेटले हरायो। गत वर्ष मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेकाे थियाे।

जितका लागि १ सय ६३ रन पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो।

चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए। उनले ४८ बलको सामना गरे र ६ चौका तथा ३ छक्का प्रहार गरे। फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। त्यसमा साैरभ तिवारीले सर्वाधिक ४२ रन बनाए। उनले ३१ बलको सामना गरेर ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ३३ रनको योगदान दिए। चेन्नईका बलरमध्ये लुन्गी एनगिडीले ३ विकेट लिएका थिए।

अबुधाबीस्थित शेख जायेद क्रिकेट स्टेडियममा भएको हो उद्घाटन खेल। यो मैदान सन् २००६ मा मात्र निर्माण गरिएको हो । यसको आकार लगभग ‘ओभल सेप’ मा छ।



Loading...
loading...

Top