logo
  • Saturday, October 31, 2020
  • वि.सं १५ कार्तिक २०७७, शनिबार

आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

स्टिम न्युज वि.सं १० आश्विन २०७७, शनिबार ०७:३५
आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

काठमाडौं: युवा खेलाडी पृथ्वी शअको अर्धशतकमा दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग आइपिएलमा‌ चेन्नई सुपर किङ्सलाई चौवालिस रनले हराएको छ।लगातारको दोस्रो जितमा दिल्लीले चार अंक बनाएको छ।

पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित बीस ओभरको खेलमा मात्र तीन विकेट गुमाउँदै एकसय पचहत्तर रन बनायो। उत्कृष्ट सुरूवात गर्ने क्रममा पृथ्वी शअ र शिखर धवनले पहिलो विकेटकोलागि सानदार साझेदारी गरे।यी दुईले ९४ रनको साझेदारी गरे। चेन्नईका बलरलाई यो साझेदारी तोडन १० दशमलव ४ ओभरनै कुर्न पर्यो। ३५ रन जोडी धवन आउट भए भने पृथ्वीले अर्धशतकिय पारी खेले।४३ बलको सामना गर्दै नौ छक्का र एक छक्काको मद्दतले ६४ रन जोडे। यसपछि रिसब पन्तले ३७ र श्रेयष अयरले २६ रन बनाए।बलिङमा पियुष चावलाले दुई विकेट लिए।

जवाफमा १७६ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किङ्स २० ओभरमा सात विकेट गुमाउँदै १३१ रनमा समेटियो।खराब ब्याटिङ गरेको चेन्नइईकोलागि फसप डु प्लेसिसले ४३ र केदार जादवले २६ रन जोडदा अन्य कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन्।

चेन्नफलाफ १३१ रनमा समेटन कागिसो रबाडाले तीन र एनिच नोर्टजेले दुई विकेट लिए। दिल्लीको दोस्रो खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले स्थान बनाउन सकेनन। यसरी ४४ रनको जित निकाल्न सफल रहयो। दिल्लीको यो लगातार दोस्रो जित हो।पहिलो खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जावलाई सुपर ओभरमा हराएलो थियो।



Loading...
loading...

Top