logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

नेपालको पहिलो अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता,एमसीसी विरुद्ध पहिलो खेल

वि.सं १३ श्रावण २०७५, आईतवार ११:४८
नेपालको पहिलो अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता,एमसीसी विरुद्ध पहिलो खेल

नेपालको पहिलो अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता,एमसीसी विरुद्ध पहिलो खेल

काठमाडौं, १३ साउन । नेपाल, मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स बिचको त्रिकोणात्मक टि–२० सिरिज आज लण्डनको लर्डस् क्रिकेट मैदानमा हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले पछिल्लो बोर्ड मिटिङबाट आईसीसी सदस्य राष्ट्रहरुले खेलेको हरेक खेललाई टि–२० मान्यता दिने निर्णय गरेपछि यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिता हो ।

नेपाली समयअनुसार आज साँझ ६ बजे नेपालले एमसीसीको सामना गर्दैछ । त्यसअघि दिउँसो २ः४५ मा नेदरल्याण्ड्स र एमसीसी एक आपसमा भिड्दैछन् ।

नेपालले आफ्नो दोश्रो खेलको रुपमा राती १०ः४५ बजे नेदरल्याण्ड्सको सामना गर्नेछ । यो खेलको समाप्तीपछि सर्वाधिक अंक हासिल गर्ने राष्ट्रले यस सिरिजको उपाधी जित्नेछ ।

नेपालले पारस खड्काको कप्तानीमा बलियो टोली यो सिरिजमा उतार्ने तयारी गरेको छ । ओपनिङमा सुवास खकुरेलले अपेक्षाकृत राम्रो खेल्न नसकेपनि ज्ञानेन्द्र मल्ल र अनिल साहले अभ्यास खेलमा केहि राम्रो खेल देखाएकोले नेपालको ओपनिङ बलियो नै देखिएको छ । पारस खड्काको सदाबहार फर्मले हौसिएको नेपाल शरद भेषावकर र दिपेन्द्र सिंहको बलियो मध्यक्रमको कारण पनि ढुक्क देखिएको छ ।

रोहित पौडेल र आरिफ शेखले सम्हालेको तल्लो क्रममलाई सोमपाल कामी र बसन्त रेग्मीको अलराउन्ड प्रदर्शनको साथ भएकोले पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्ने विश्वास गर्न सकिन्छ ।

त्यस्तै बलिङमा सोमपाललाई नयाँ बलमा साथ दिने ओपनिङ बलर नभएपनि नयाँ बलमा स्पीन गर्न सक्ने सन्दीप लामिछानेको कारण नेपाललाई त्यति कठिनाइ नहोला । बसन्त रेग्मी र ललित राजवंशीको स्पीन पनि नेपालको हितमा नै छ । तथापी लर्डसको मैदानमा स्वीङ बलरलाई विशेष फाइदा हुने भएपनि त्यो फाइदा नेपालले उठाउन सक्ने छैन ।

चुस्त फिल्डीङ देखाएर डटेर खेल्ने क्षमता देखाएमा नेपालले यो प्रतियोगिता जित्न कठिन छैन । एकदिवसिय मान्यता पाएपछिको पहिलो खेल खेल्न लागेको नेपालको लागि यो अभ्यास पनि हो ।

त्यस्तै नेदरल्याण्ड्सले पनि बलियो टोली उतार्ने देखिएको छ भने एमसीसीले पनि माहेला जयवद्र्धनेको कप्तानीमा सन्तुलित टोली उतार्ने घोषणा गरिसकेको छ ।

क्रिकेटको ‘मक्का’ भनेर चिनिने यस मैदानमा हुने खेलले नेपाली खेलाडिको मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने भएकोले पनि यो प्रतियोगिता खेलाडिहरुको लागि पनि अति महत्वपूर्ण रहेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com