logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

बेरुजु घटाउन त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सञ्चालन

वि.सं १४ श्रावण २०७५, सोमबार १३:३३
बेरुजु घटाउन त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सञ्चालन

बेरुजु घटाउन त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सञ्चालन

त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न ‘त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ सञ्चालनमा ल्याएको छ ।

त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा उक्त सफ्टवेयर सिस्टम १३ साउनदेखि सञ्चालनमा ल्याइएको त्रिवि लेखापरीक्षण महाशाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

सफ्टवेयरले काठमाडौं उत्पकामा रहेको त्रिविअन्तर्गतका आंगिक क्याम्पस र कार्यालयको मनिटरिङ गर्ने र बेरुजु भए त्यसको व्यवस्थापनमा निर्देशन दिनेछ ।

सफ्टवेयर बिदाका दिनबाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालनमा आउने छ ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले सफ्टवेयरमार्फत आन्तरिक लेखा परीक्षण कार्यलाई समयमै सम्पन्न गरी बेरुजु घटाउन सघाउ पुग्ने बताए ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com