विश्वकप क्रिकेट चलिरहदा भारतीय क्रिकेट टिमलाई लाग्यो ठूलो झट्का

विश्वकप क्रिकेट
Advertisement

विश्वकप क्रिकेट चलिरहदा भारतीय क्रिकेट टिमलाई लाग्यो ठूलो झट्का

२८ जेष्ठ, काठमाडौं । विश्वकप क्रिकेट चलिरहदा भारतीय क्रिकेट टिमलाई ठूलो झट्का लागेको छ ।

उसको स्टार खेलाडी शिखर धवन चोटका कारण करिब तीन साता मैदान बाहिर रहने भएका छनन् ।

विश्वकप अन्तर्गत आफ्नो दोश्रो खेलमा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर धवन घाइते भएका थिए ।

बलले उनको देब्रे हातको बुढी औलामा चोट लागेको थियो । चोटका बाबजुद धवनले शतकीय पारि खेलेका थिए ।

खेलको क्रममा उनको बुढी औला सुन्निएपनि उनले ब्याटिङ जारि राखेका थिए ।

उनको शतकको मद्धतले भारतले ५ विकेट गुमाएर ५० ओभरमा ३५२ रनको विशाल स्कोर खडा गर्न सकेको थियो ।

धवन एक्लैले १०९ बलमा ११७ रन बनाएका थिए , उक्त खेल भारतले ३६ रनले जितेको थियो ।

चोटका बाबजुद ब्याटिङ गरेपनि दोश्रो इनिङमा धवन मैदान बाहिर बसेका थिए । धवनले फिल्डिङ भने गरेनन् ।

मंगलबार स्क्यानको क्रममा उनको बुढी औलाको चोट गम्भीर देखिएपछी चिकित्सकले केहि समय आराम गर्नुपर्ने बताएका थिए ।

चिकित्सकको सल्हाह बमोजिम धवन कम्तिमा तीन हप्ताका लागि मैदान बाहिर रहने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

धवन लामो समयसम्म मैदानबाहिरनै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानका अर्को खेलाडीलाई ल्याउन सक्ने भारतीय संचारमाध्यमहरूले बताएका छन् ।

संचारमाध्यामहरूमा चलिरहेको चर्चा अनुसार उनको स्थानमा श्रेयस ऐयरलाई पठाउन भारतीय टोलि व्यपस्थापनले भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई आग्रह गरेको छ ।

Facebook Comments