logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

भारतमा पनि कोरोना रोकथामका लागि २१ दिन लकडाउनको घोषणा

स्टिम न्युज वि.सं १२ चैत्र २०७६, बुधबार ०८:४३
भारतमा पनि कोरोना रोकथामका लागि २१ दिन लकडाउनको घोषणा

भारत : कोरोना रोकथामका लागि भारतमा पनि तीन साता लामो लकडाउन घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनको घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा मोदीले लकडाउन मंगलवार राति बाह्र बजेदेखि लागु हुने भन्दै देशका सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरे । लकडाउनको निर्णय स्वास्थ्य विज्ञ र अन्य मुलुकको अनुभवलाई हेरेर लिइएको उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले लकडाउन कोरोना महामारीविरुद्धको लडाईमा निर्णायक हुनेसमेत बताए । उनले लकडाउनका कारण मुुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने भएपनि आम नागरिकको स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताए ।



Loading...
loading...

Top