logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

विदेश लान लागेको अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

वि.सं १२ माघ २०७६, आईतवार २१:१६
विदेश लान लागेको अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

विदेश लान लागेको अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले अवैधरूपमा लुकाइ छिपाई विदेश लान लागेको अमेरिकी डलरसहित एक जना नेपाली नागरीकलाइ पक्राउ गरेको छ।

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले ८ हजार ४ सय १७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई शनिबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले इत्तेहाद एयरवेजको उडानबाट अबुधावी हुँदै अमेरिका जान लागेका जोशीलाई विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका जोशीलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ। रासस



Loading...
loading...

Top