logo
  • Tuesday, February 25, 2020
  • वि.सं १३ फाल्गुन २०७६, मंगलवार

‘मेरो सूर्य,मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारा सहित राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु

वि.सं ३ चैत्र २०७५, आईतवार १३:५४
‘मेरो सूर्य,मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारा सहित राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु

‘मेरो सूर्य,मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने नारा सहित राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु

काठमाडौं । राष्ट्रिय जल तथा मौसम सप्ताह आजदेखि सुरु भएको छ ।यस वर्षका लागि जल दिवसको मुख्य नारा ‘कोही पछि नछुटुन्’ र विश्व मौसम दिवसको नारा ‘मेरो सूर्य,मेरो पृथ्वी र हाम्रो मौसम’ भन्ने तय गरिएको छ ।

साताब्यापी कार्यक्रमको उद्घाटन गर्दै उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले पानीको स्रोत व्यवस्थापनका लागि सबै लाग्नुपर्ने बताए ।प्रकृतिले आफ्नो संरक्षण आफैं गर्ने भए पनि मानिसले प्राकृतिक स्रोत बिगार्ने गरेको भन्दै उनले त्यसतर्फ सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा वक्ताहरुले पानी अहिले बहुआयामिकरुपमा प्रयोग भइरहेको भन्दै त्यसको संरक्षणमा जुट्न आवश्यक रहेको बताएका थिए ।खानेपानी, विद्युत् उत्पादन, सरसफाई, सिँचाइ, मनोरन्जनलगायतका कुरामा पानीको अधिक प्रयोग भइरहेको छ ।तर जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र पानीको अभाव हुने समस्या पछिल्ला दिनमा बढ्दै गएका छन् ।

जसले मौसममा समेत नकारात्मक प्रभाव पारिरहेको छ । विभिन्न कार्यक्रम गर्दै जल तथा मौसम दिवस सात दिनसम्म बनाइने छ ।जसमा विद्यार्थीलाई जनचेतना अभिवृद्धि गर्ने,पानीका स्रोत संरक्षण गर्ने अभियानका कार्यक्रम हुने छन् ।



Loading...
loading...

Top