हृदयघातका कारण नेकपा नेता तथा पूर्वमन्त्री पौडेलको निधन

हृदयघातका कारण
Advertisement

हृदयघातका कारण नेकपा नेता तथा पूर्वमन्त्री पौडेलको निधन

काठमाडौं- नेकपाका नेता एवं पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको निधन भएको छ ।

पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।

हाल नेकपाको केन्द्रीय सदस्य रहेका पौडेल २०७३ सालमा शिक्षामन्त्री समेत बनेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा शिक्षामन्त्री बनेका पौडेल,

दोस्रो संविधानसभामा तत्कालीन माओवादी केन्द्रका तर्फबाट संविधानसभा सदस्य थिए ।

पौडेल समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय रहेका पौडले तत्कालीन माओवादी निटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका थिए ।

पौडेलले जनएकता साप्ताहिकको सम्पादकको रुपमा समेत काम गरेका थिए ।

पौडेलको असामयिक निधनप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले  दुःख व्यक्त गरेका छन् ।

ट्वीट गर्दै नेकपा अध्यक्ष दाहालले पौडेलको निधनले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

श्रद्धाञ्जली व्यक्त गर्दै प्रचन्डले भनेका छन्;

“हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री कमरेड धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको छ ।

यस दुःखद् घडीमा दिवंगत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

Facebook Comments